भगवति हाइड्रोद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अर्जुनबहादुर खवासले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपियाँ छ ।   

यसैबीच लाभांश पारित गर्न पुस २४ गते साधारणसभा आह्वान गरिएको छ । साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव खवासले उल्लेख गरे । 

Advertisement

Advertisement