‘हिमालयन रि’को आईपीओ बुधबारदेखि निष्काशन खुला, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गते बुधबारदेखि पुस १ गते आइतरबासम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । 

यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो । 

Advertisement

६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

सर्वसाधारणका लागि छु्टाइएको उक्त शेयर २४ लाख ९० हजार जनाले आवेदन दिए भने पनि सबैलाई १०-१० कित्ताका दरले पर्ने सम्भावना रहन्छ । हाल १२–१३ लाखले आईपीओका लागि आवेदन दिंदै आएका छन् । तसर्थः उक्त कम्पनीको आईपीओका लागि २० कित्तासम्म आवेदन दिनु उपयुक्त देखिन्छ । 

Advertisement

Advertisement