देशको राजनीति र अर्थतन्त्र बिग्रिएको देशेर कांग्रेसकै नेताहरु मिशन ८४ कुर्न सकिन्न भन्दैछन्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन् । 

बिहीवार भोजपुरमा आयोजित कार्यक्रममा उनले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरेका हुन् । 

Advertisement

काँग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गर्दै ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए । देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने उनले बताए । 

ओलीले भने, ‘दिनदिनै देश ओरालो लागिरहेको छ । एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यो अवस्थालाई रोकेर काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ८४ पर्खिन सकिँदैन भनेर । किनभने काँग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ ।’

Advertisement

Advertisement