पहिचानवादीेबाट आक्रमणको त्रासः ओलीसहित एमाले नेताहरु हेलिकप्टर चढेर पुगे चिवाभन्ज्याङ

Advertisement

काठमाडौं । केपी ओलीसहित नेकपा एमालेका नेताहरु हेलिकप्टर चढेर आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गको यात्राको अन्तिम दिन उनीहरु हेलिकप्टर चढेर चिवाभन्ज्याङ पुगेका हुन् । 

यसअघि धनकुटाको कार्यक्रममा पहिचानवादीले ओलीलाई मुक्का प्रहार गरेपछि सो पार्टीका नेताहरु त्रसित बनेका थिए । आजको कार्यक्रममा चिवाभन्ज्याङ पुग्ने क्रममा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टर प्रयोग गरेका हुन् । 

Advertisement

विभिन्न खेपमा हेलिकप्टरले एमालेका नेताहरुलाई काठमाडौंबाट ओसारेको थियो । ओलीको सम्बोधनसँगै एमालेको अभियान पनि टुंगिएको छ । एमालेले आफ्नो पार्टीको सरकार हुँदा सुरु गरेको र आफ्नो पार्टीका नेता पुष्पलालसँग नाम जोडेर मध्यपहाडी राजधार्गमार्फत आफ्नो प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । 

पहिचानवादीले पूर्वको प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सोही समस्या मध्य क्षेत्रमा पनि देखिन लागेको छ । यहाँका नेवार तथा तामाङहरुले पनि पहिचानका आधारमा प्रदेशको नाम राख्न दबाब दिने तयारी गरेका छन् । 

 

Advertisement

Advertisement