काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
संचालक समितिको हिजो बैठकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।