यो सरकार जति दिन बस्छ, त्यति देशले दुःख पाउने हो, त्यति ओरालो लाग्ने होः एमाले नेता पौडेल

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको बताए । 

सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको पौडेलले बताए । नेपाली काँगे्रसका महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत उनले सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनी प्रश्न गरे । 

Advertisement

पौडेलले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने बताए । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उनको भनाई थियो । पौडेलले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्याए । 

उनले भने, ‘यो सरकार सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ । देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो । यो सरकार जति दिन बस्छ, देशले त्यति दुःख पाउने हो । त्यतिधेरै देश ओरालो लाग्ने हो ।’ 

पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको बताए । 

Advertisement

Advertisement