चन्द्रागिरि हिल्स, सीवाईसी नेपाल लघुवित्त र लिबर्टी इनर्जीले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । विभिन्न ३ कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेड, सीवाईसी नेपाल लघुवित्त र लिबर्टी इनर्जी कम्पनीले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएका हुन् । 

Advertisement

यसैबीच सञ्चालक समितिको प्रस्ताव पारित गर्न चन्द्रागिरि हिल्सले पुस २६ गते १४औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव झलकराज शर्माले जनाएका छन् । 

यता, लिबर्टी इनर्जीले पनि पुस २५ गते साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव कमलकुमार भारतीले जनाएका छन् । 
 

Advertisement

Advertisement