बजेटमा ‘कमा, फुलिस्टप’ पनि परिवर्तन गर्नुहुँदैन भन्ने मान्यतालाई फेर्दैछौंः योजना आयोग

Advertisement

काठमाडौं। राष्ट्रिय योजना आयोगले बजेट कार्यातालिका परिमार्जन गर्ने भएको छ । संसदमा पेश हुने नीति तथा कार्यक्रम सासंदको सुझाव र बजेट तयारी कार्यतालिका परिमार्जन गर्न लागिएको हो ।

आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै बजेट कार्यतालिका परिमार्जन गर्ने जानकारी दियो । आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले भने, ‘बजेट तयार गर्ने कार्यतालिका फेर्दैछौं । अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा कमा, फुलिस्टप पनि परिवर्तन गर्नु हुँदैन भन्ने मान्यतालाई फेर्दैछौं ।’

Advertisement

हाल बहुमतको सरकारले संसदमा पेश गरेको बजेटमा कुनैपनि परिवर्तन गर्ने गरिएको छैन् । आयोगले भने बजेट संसदले परिमार्जन गर्न सक्ने तर्क गरेको हो । 

बजेट कार्यतालिका परिवर्तनसम्बन्धी मस्यौदा तयार भइसकेको आयोगका सदस्य डा. रामकुमार फुयालले बताए । उनका अनुसार बजेटको सिलिङ माघ महिनाभित्रे सबै मन्त्रालयहरुलाई पठाइसक्किनेछ । 

आयोगले १६ औं पञ्चवर्षीय योजनाको प्रगतिको विषयमा पनि जानकारी गराएको थियो । 

Advertisement