‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भन्ने संस्कृतिमन्त्रीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको भनाई सबै धर्मप्रतिको अपमान भएको बताएको छ । 

यो भनाईले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने बताउँदै यसरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको बताएको छ । 

Advertisement

मन्त्री किराँतीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने बताएको छ । 

राप्रपाले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग आग्रह पनि गरेको छ । 

Advertisement

Advertisement