यशोधा फुड्सको करेन्ट ओरिएन्टल नुडल्स बजारमा

Advertisement

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । 

नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै उपलब्ध छ । जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ । 

Advertisement

उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ भैरहेको छ । नेपालभरको भाटभटेनीमा आजबाट हुन गइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ १५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement