काठमाडौंमा भोलिबाट ‘नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४’ शुरु हुने

Advertisement

काठमाडौं । राजधानीमा भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ, २०२४ शुरु हुने भएको छ ।

दोस्रो संस्करणको कन्क्लेभको सम्पूर्ण तयारी पूरा भएको र भोलिदेखि काठमाडौंको बुढानिलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा प्रारम्भ हुने होटल संघ नेपालले जनाएको छ । 

Advertisement

नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रबद्र्धनको उदेश्यले हस्पिटालिटी कन्क्लेभको आयोजना गर्न लागिएको हो ।
उक्त सम्मेलनले होटल संचालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, बिज्ञ, नेपालमा संचालित विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय  होटलहरुको नेतृत्वबर्ग, सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनी ल्याउने संघले जनाएको छ ।

दुईदिनसम्म चल्ने यस कार्यक्रमको क्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरु, नयाँ चालचलन एवं अभ्यासहरु, नवप्रबर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरुमा घनिभूत छलफल हुनेछ ।

होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रुपमा आयोजना हुन गइरहेको नेपाल हस्पिटालिटी कन्क्लेभले आतिथ्यता क्षेत्रसँग सम्बन्धीत ज्ञान, शिप, रणनीति तथा विचारहरुको आदानप्रदानको लागि साझा मञ्च प्रदान गर्ने हुनाले पनि होटल तथा आतिथ्यता ब्यवसाय एवं समग्र उधोगको बारेमा बुझाई र भोगाई सँगै आगामी दिनमा अगाडि बढ्न यो कार्यक्रम अतिनै उपलब्धीमूलक हुने संघले जनाएको छ ।

दुई दिने कार्यक्रमबाट उठेका विषयवस्तु स्वेतपत्र बनाई सरकारी तथा सम्बन्धित निकायमा बुझाईने पनि होटल संघ नेपाल (हान) ले जनाएको छ ।

Advertisement

Advertisement