सलिकोले बीमा अभिकर्ता र कर्मचारीलाई दियो क्षमता अभिवृद्धि तालिम

Advertisement

काठमाडौं । वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारीको क्षमता अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । यस तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु हो । 

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्तकुमार लामिछाने रहेका थिए । 

Advertisement

तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागकासुबिन्द्र डंगोल, अण्डरराइटिङ्ग विभागका भास्कर भुजेल र श्रीमती सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए । 

undefined

मुख्य अथिति प्रिति देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारिन्  । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिइन् ।  

यस इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रिय रुपमा भाग लिएका थिए, जसले सबै सहभागीहरुलाई समग्र रुपमा सिक्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । 

 
 

Advertisement

Advertisement