नेपालको उडान सुरक्षासम्वन्धी ईयूको ‘सेफ्टी रिपोर्ट’लाई लिएर संसदीय समितिमा सवालजवाफ

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदयसमशेर राणाले ईयुको प्रतिवेदनका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् । 

बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गरे । 

Advertisement

अधिकारीले ईयूले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताए । उनले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा ‍औंल्याएको दाबी गरे । 

अधिकारीले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्‍न गरे । उनले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचीबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनै पनि एयरलाइन्स नजाने बताए । 

महानिर्देशक अधिकारीले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताए । यता, ईयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठिक रहेको भन्दै अडिट गर्न भने नगएको बताए । 

अधिकारीले भने, ‘ईयूले आफूलाई पठाएको पत्र र र्ईयुको रिपोर्ट नोभेम्वर ३० मा प्राप्त भएपछि समितिका सभापतिको सभापतित्वमा उपसमितिमा यो विषयमा छलफल गरिसकेका छौं । बैठकमा पटक–पटक प्रश्न उठ्यो । रिपोर्ट आएपछि नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र क्यानको आएको थियो । त्यो रिपोर्ट साइटमा नै पढ्न सकिने थियो । मैले पढेको डकुमेण्टमा भएको विषय पढेको छु । त्यो बेलामा नेपाल एयरलाइन्सको विषयमा धेरै फोकस किन भएका थियौं भन्दा देशको ब्राण्डिङ, अन्तर्राष्ट्रिय हाम्रो धारणा अर्को ठाउँमा होला ।’ 

उनले थपे, ‘आजको दिनमा युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचीबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको हवाइटबडी जहाज नै जान्छ । अरु कुनै पनि एयरलाइन्स जाँदैन । त्यसै कारणले फोकस नेपाल एयरलान्समा भएको थियो । ईयुको फोकस पनि नेपाल एयरलाइन्समा नै भएको थियो । क्षमता यसको मात्रै छ । हिमालय एयरलाइन्स फाइल हेर्दा ठिक छ भन्नुभयो । रिपोर्टमा निगममा फोकस हुनु भनिएको छ । क्यानले गर्नुपर्ने कामहरु बाँकी छन् । श्री एयरलाइन्सको रिर्पोट पनि थियो तर श्री एयरलाइन्स खुला भए पनि युरोप जाँदैन । त्यसकारणले माननीय उदयशमशेर राणाले युआर लाइट भन्ने शब्द थाहा छैन । सभापतिले असंसदीय शब्द भन्नुभयो । मेरो यसमा भद्र असहमति छ ।’

काँग्रेसका सांसद राणाले क्यान, नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताए । महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको दावी गरे । 

राणाले युरोपियन युनियनले हवाई सेफ्टीको रिपोर्टको विषयमा झुटो बोल्नुभएको आरोप लगाए । उनले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरु भनेको आरोप  लगाए । 

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचीबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको दावी गरे । निगमले जनशक्ति, प्राविधिक र सिस्टमलाई पालना गरेको उनको दाबी छ । 

अधिकारीले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए÷नभएको प्रमाणित गर्ने गरेको बता । उनले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रुपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने बताए । अधिकारीले दुईवटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताए । 

उनले  नेपाल वायुसेवा निगमले ईयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरु समेत पालना गर्दै आफ्ना जहाजहरु उडान गरिरहेको बताए । 

Advertisement