काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२५.९२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २८२.४० थियो ।
समायोजन गरिएको मूल्यबाट बुधबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।