व्यावसायी शेखर गोल्छालाई मातृशोक, आज दाहसंस्कार गरिँदै

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासँघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । शेखर गोल्छाकी आमा पुखराजदेवीको ८४ बर्षको उमेरमा नर्भिक अस्पतालमा मंगलबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको हो । 

पिसाबको इन्फेक्सनका कारण अस्पतालमा भर्ना गरिएको एक हप्तापछि उनको निधन भएको हो । पुखराजदेवी स्वर्गीय व्यवसायीहरु रामलाल गोल्छाकी कान्छी बुहारी तथा हुलासचन्द गोल्छाकी श्रीमती हुन् । 

Advertisement

स्वर्गीय पुखराजदेवीका चार छोराहरु चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय छन् । उनको दाहसंस्कार आज बुधबार दिउसो पशुपति आर्यघाटमा गरिने जनाइएको छ । 

Advertisement

Advertisement