ठमेलमा आयोजित ‘सडक महोत्सव’ एक लाख ३० हजार पर्यटकले गरे अवलोकन

Advertisement

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेलमा आयोजित सडक महोत्सव एक लाख ३० हजार पर्यटकले अवलोकन गरेको आयोजक ठमेल पर्यटन विकास परिषदले दावी गरेको छ । 

परिषदका अध्यक्ष भविश्वर शर्माले यस बर्ष महोत्सवमा कुनै विवाद, झैझगडा र घटना नघटेको बताए । उनले भने, ‘हामीले शान्तिपूर्ण र सभ्य तरिकाले सडक महोत्सव सम्पन्न गर्यौं । विदेशी तथा आन्तरिक पर्यटक गरी एक लाख ३० हजार सहभागी हुनुभयो । ठमेलका सबै व्यावसायीहरुको सहभागिता पनि उत्साहजनक नै रह्यो । महोत्सवको दिन ठमेलका होटलहरु भरिभराउ भएका थिए । रात्रिकालिन व्यावसायी पनि भरिभराउ थियो ।’

Advertisement

शर्माले ठमेल सडक महोत्सवले आन्तरिक तथा विदेशी पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग गरेको बताए । उनले भने, ‘हामीले विगतका वर्षमा जस्तै अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षमा सडक महोत्सव गर्दै आएका छौँ । अहिले ठमेलका गल्लीहरुमा समेत सीसी क्यामेरा जडान गरिएकोले सुरक्षित रुपमा पर्यटकहरु बस्न र खान पाउने भएका छन् । सुरक्षाका साथै हरेक हिसावले ठमेल व्यवस्थित हुँदै गएको छ ।’ 

Advertisement

Advertisement