धादिङका विभिन्न विद्यालयमा न्यानो कपडा वितरण

Advertisement

काठमाडौं । धादिङ जिल्लाका विभिन्न विद्यालयमा सुरबी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरिएको छ । 

कृषि विकास बैंक र हरी ओम फाउण्डेशन ललितपुरको समेत संयुक्त सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

Advertisement

बढ्दो चिसोका कारण विद्यार्थीहरुमा समस्या नहोस भन्ने उद्देश्य न्यानोे कपडा (ज्याकेट) वितरण गरिएको फाउण्डेशन अध्यक्ष कविन शाक्यले बताए । 

विद्यालयहरूमा  पुगि फाउण्डेशनका अध्यक्ष कविन शाक्य र फाउण्डेशनका प्रमुख सल्लाहकार सरोज गर्तौलाको नेतृत्वमा वितरण गरिएको हो । 

सहयोग प्राप्त गर्ने विद्यालयहरुमा धूनिवेशी–७ मा रहेको चण्डेश्वरी आधारभूत विद्यालयलार्ई १०० थान, थाक्रे ६ मा रहेको सेतीदेवी माध्यमिक विद्यालय ६६ थान, गजूरी –७ मा रहेको पन्चकन्या आधारभूत विद्यालयलार्ई ११० थान, सिद्धलेकमा रहेको महाकाली आधारभूत विद्यालयलार्ई ३० थान र गल्छी ३ मूलावरीमा रहेकोे धादिङ्ग आधारभूत विद्यालयलाई ६१ थान डाउन ज्याकेट वितरण गरिएको हो ।

जाडोको समयमा न्यानो कपडा लगाउन पाउँदा बिद्यार्थीहरु खुशी भएका छन् । भोलिका दिनहरुमा पनि गरिब, मेहेनती र जेहेन्दार बिद्यार्थीलाई छात्रवृति समेत प्रदान गर्ने फाउण्डेशनका अध्यक्ष शाक्यले बताए । 

Advertisement

Advertisement