महागठवन्धन टुट्यो, एमालेलाई एक्ल्याएर सत्ता गठवन्धनबीच राष्ट्रियसभाको सिट बाँडफाँट

Advertisement

काठमाडौं । सत्ताधारी र प्रमुख प्रतिपक्षीसहित प्रमुख तीन दलबीच राष्ट्रियसभा सदस्यहरु बाँडफाँट गर्न बनेको महागठवन्धन भत्किएको छ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ । 

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । 

Advertisement

बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले । सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए । 

उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ । सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ । गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ । सरकारमा सहभागी दलहरुको गठबन्धनले चुनाव लड्छ ।’ 

लेखकले थपे, ‘सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरुले । साँझसम्ममा टुंगोमा पुग्छौँ । सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौँ ।’

माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् ।

बैठकमा सहभागी नेताहरुका अनुसार कुल १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् ।

Advertisement

Advertisement