हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा व्यवसायिक लक्ष्य हासिल गर्ने १६ जना कर्मचारी सम्मानित

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले उत्कृष्ट व्यवसायिक लक्ष्य हासिल गर्न सफल १६ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । 

उक्त कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ, सीईओ विजयबहादुर शाह तथा कम्पनीका उच्च तहका कर्मचारीहरुको सहभागिता थियो । 

Advertisement

कम्पनीका संचालक समिति अध्यक्ष श्रेष्ठ आगामी दिनमा कर्मचारीहरको हक, हितमा काम गर्न संचालक समिति सदैव तयार रहेको बताएका थिए ।

उक्त अवसरमा कम्पनीका सीईओ शाहले आफ्ना कर्मचारीहरुलाई आगामी दिनमा उत्प्रेरित गर्दै हौसला  प्रदान गर्दै जाने बताए । समारोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमले आफूहरुमा उत्साह थपिएको र अझै जिम्मेवारी बोध समेत भएको बताए । 

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । 

Advertisement

Advertisement