स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको लेवी शुल्क घट्यो
File Photo

Advertisement

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै, बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्राडा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए । 

Advertisement

परियारले भने, ‘पार्टी सदस्यता शुल्कका सम्बन्धमा केही निर्णय गरेका छौँ । पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निर्णय गरेका छौँ । लेवी पार्टी केन्द्रीय सदस्यहरुको एक लाख थियो । प्रतिनिधि सभा सदसयहरुले २५ हजार तिर्नुहुन्थ्यो । त्यसमा एकरुपता ल्याउन केन्द्रीय सदस्यहरुको २५ हजार वार्षिक गरेका छौँ ।

परियारकाअनुसार सांसदहरुका लागि पनि लेवी शुल्क वार्षिक २५ हजार रुपियाँ निर्धारण गरिएको बताए ।

Advertisement

Advertisement