सन्दीप लामिछानेलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद सजाय

Advertisement

काठमाडौं ।  क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ ।

बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले पिडीतलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

Advertisement

कैदबाहेक ३ लाख रुपियाँ जरिवाना र पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति भराउन अदालतबाट आदेश भएको हो ।

गत पुस १३ गतेनै जिल्ला अदालत काठमाडौंले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । 

Advertisement

Advertisement