काठमाडौं । किसान लघुवित्त र धौलागिरि लघुवित्तले शेयरधनीहरुको हात खाली पार्ने भएका छन् ।
यसैक्रममा किसान लघुवित्त सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने र सञ्चित नाफामै राख्ने निर्णय गरेको कम्पनी सचिव सजल खड्काले जनाएका छन् ।
त्यस्तै धौलागिरि लघुवित्त सञ्चालक समितिको हिजो बसेको बैठकले पनि आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ सुरेशबहादुर बलमे जनाएका छन् ।
यी दुबै लघुवित्तको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।