शेयर बजारमा झिनो करेक्शनः नेप्से २०८८.९९ अंकमा, ४ अर्ब ३० करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारले झिनो करेक्शनसहित यो साताका लागि बिश्राम लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार लगातार उकालो चढिरहेको बजार आज ०.६२ अंकले ओरालो झरेको हो । ०.०३ अंकले बजार घट्दा नेप्से २०८८.९९ अंकमा ओर्लिएको छ ।

Advertisement

आज ३०७ कम्पनीका २ करोड २१ लख ३२ हजार ७ सय ६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २ सय ७७.२७ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजारमा झिनो करेक्शन देखिए पनि विभिन्न १२ कम्पनीका लगानीकर्ताहरुले प्रतिशत बढी नाफा कमाएका छन् । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रो, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वायरहाउजिङको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

त्यस्तै हिमालयन रि, मेगा म्युचुअल फण्ड १, भूगोल इनर्जी, सानिमा मिडिल तमोर, थ्री स्टार हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९५, ९.८६, ९.७३, ९.७३ र ९.५८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.६० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हिमालयन बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । २३ करोड ८५ लाख ७ हजार २२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ, सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ, मंगलबार २०.६२ अंकले बजार बढ्दा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७  रुपियाँ र हिजो बुधबार ९.५० अंकले बजार बढ्दा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९।३८ रुपियाँ  बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement