गरिमा क्यापिटलद्वारा विभिन्न सेवा थप गर्ने घोषणा

Advertisement

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ । 

उक्त साधारण सभाले  आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Advertisement

कम्पनीका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारण सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । 

उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । 

निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने जनाएको छ । 
 

Advertisement

Advertisement