काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालनको छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को माघ २ गतेदेखि निष्काशन खुला हुने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालित उक्त फण्डको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ ।
उक्त फण्डका लागि छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । यस योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल दिन सक्ने प्रक्षेपण गरिएको छ ।
इच्छुक लगानीकर्ताहरुले न्यूनतम एक हजार रुपियाँदेखि अधिकतम १० करोड रुपियाँसम्म लगानी गर्न सक्नेछन् ।