काठमाडौं । पहाडी भू–भागमा आज वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपातको सम्भावना बनेको हो ।