शेयर बजार उच्च अंकले बढ्यो, लामो समयपछि ८ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.५४ अंकले उचालिएको हो । बजार २.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २१७५.१७ अंकमा पुगेको छ । 

Advertisement

आज ३०४ कम्पनीका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६.६९ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न २० कम्पनीका लगानीकर्ताहरुले आज ९ प्रतिशत बढी नाफा कमाएका छन् । 

undefinedundefinedसमग्रमा बजार बढे पनि ज्योति विकास बैंकको बण्ड २०८७ र हिमालयन ८०–२० का लगानीकर्ताहरुले सबैभनदा बढी ९.९९ र ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २८ करोड ३१ लख ५५ हजार ८ सय २.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो । 
 

Advertisement

Advertisement