काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आवको ६ महिनामा १ अर्ब ८० करोड ९० लाख नाफा कमाएको छ ।
गत आवको समीक्षा अवधिभन्दा १३.६३ प्रतिशत नाफा घटेको हो । बैंकको खुद ब्याज आम्दानी भने ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपियाँ पुगेको छ ।
बैंकको खराब कर्जा बढेर ४.७५ प्रतिशत पुगेको छ । रिजर्भ कोष बढेर २६ अर्ब ७ करोड रुपियाँ पुगेको छ । प्रतिशेयर आम्दानी १०.५६ रुपियाँ र प्रतिशेयर नेटवर्थ १७०.७० रुपियाँ छ ।