काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गरे ।
उनले आफ्नो परिवारमा १० जना रहेको र आफू बिहानदेखि लाइन बस्दा मध्यरातसम्म बस्नुपरेको बताए । तरकारी पसल चलाएर परिवार पाल्न थालेका १० सदस्यीय परिवारका प्रमुखले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नपाएको गुनासो गर्दै निरन्तर खडेरीले आफ्नो पीडा थपेको बताए ।
चारवटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि तीन हजार पाँच सयभन्दा बढी परिवारले पानी लिन्छन् । रेजाईकाअनुसार रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट आठसय परिवारले पानी लिन्छन् ।
युद्धग्रस्त अफगानिस्तान वर्षौंदेखि खडेरीको चपेटामा परेको छ । काबुल, अफगानहरूकाअनुसार, दुर्लभ वर्षा वा हिमपातको साथ चलिरहेको कठोर जाडोमा गम्भीर खडेरीको सामना गनुएपरेको छ । काबुलका बासिन्दाहरूकाअनुसार राज्यद्वारा सञ्चालित विभिन्न खानेपानी सञ्जालहरूले बासिन्दाहरूको घरमा नियमित रूपमा पानी आपूर्ति गर्न सकेनन् ।
ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदलस्याटेलाइट तस्बिरहरूले २०२३ मा ३३ प्रतिशत पानीको मन्दी भएको बताए, जसले गर्दा सो क्षेत्रमा खडेरी बढेको छ । प्रभावित जनसङ्ख्या खुलासा नगरी उक्त अधिकारीले चुनौतीलाई पार गर्न प्रशासन काम गरिरहेको बताए । उनले खडेरी जारी रहे आन्तरिक बसाईंसराईको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिए । सिन्हवा–नान