काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ३ वटाको नाफा बढ्दा बाँकी ५ वटाले नाफा घटाएका छन् ।
यी ८ बैंकको नाफा समग्रमा चालु आवको दोस्रो त्रैमासमा गत आवको समीक्षा अवधिभन्दा १०.९८ प्रतिशतले घटेको छ ।
विकास बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ज्योति, कामना सेवा र गरिमा विकास बैंकले मात्रै क्रमशः १९०.८४, ३२.१९ र २.०८ प्रतिशतले नाफा बढाएका छन् ।
महालक्ष्मी, शाईन रेसुङ्गा, लुम्बिनी, मुक्तिनाथ र सांग्रिलामा क्रमशः १२.०३, १३.६१, १८.६९, ३२.९३ र ३९.८२ प्रतिशतले नाफा घटाएका छन् ।
बैंकहरुको नाफा घट्यो, दोस्रो त्रैमासमा २० वाणिज्य बैंकमध्ये कुनले कति कमाए ? (सूचीसहित)
रकमका आधारमा गरिमा विकास बैंकले सबैभन्दा बढी ५१ करोड २५ लाख, मुक्तिनाथले ४२ करोड र शाईन रेसुङ्गाले ३७ करोड १२ लाख नाफा कमाएका छन् । सबैभन्दा कम सांग्रिला विकास बैंकले ६ महिनामा १० करोड २ लाख मात्रै नाफा कमाएको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा बढाए पनि रकमका आधारमा ज्योति विकास बैंकले चालु आवको ६ महिनामा १० करोड १० लाख मात्रै नाफा कमाएका छ ।
कुन बैंकले कति कमाए ?