शेयर बजार २०९८.२९ अंकमा ओर्लियो, सवा चार अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार झिनो अंकले तल झरेको छ भने कारोबार सवा ४ अर्बमा समेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.४० अंकले घटेको हो । ०.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.२९ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३१० कम्पनीका १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि चन्द्रागिरि हिल्स, नेपाल ल्यूब आयल, एनएमबि माइक्रोफाइनान्स र तेह्रथुम पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९२ र ९.८८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.२० प्रतिशतले नाफा कमाएको छ । 

आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५५ करोड ९ लाख ८० हजार ७ सय ८५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७  अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ र हिजो सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ घटेको बराबरको कारोबार भएको थियो । 


 

Advertisement

Advertisement