हुलास इन्फ्राले गर्यो २६ करोड ८० लाखको व्यापार, उद्योगको १८ प्रतिशत क्षमतामात्रै उपयोग

Advertisement

काठमाडौं । हुलास इन्फ्रा प्रालीले २६ करोड ८० लाखको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा सो बराबरको व्यापार गरेको हो । 

कम्पनीले सन् २०२२ मा ११ करोड ६० लाखको मात्रै व्यापार गरेको थियो। यस्तै सन् २०२० मा ३६ लाखको व्यापार गरेको हो । 

Advertisement

फलाम तथा आइरनका  विभिन्न सामाग्री उत्पादन गर्ने यस उद्योगले अपेक्षित व्यापार भने गर्न सकेको छैन । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीले सन् २०२३ मा कुल उत्पादन क्षमताको १८ प्रतिशत मात्रै उपयोग भएको बताएको छ । 

उद्योग स्थापनाका लागि १ अर्ब ६८ करोड खर्च भएको छ। कम्पनीले अधिकाँस कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ ।

तर कच्चा पदार्थको भाउमा भैरहने उतारचढावले भने कम्पनीलाई नै गम्भिर असर पारेको एजेन्सीले जनाएको छ । विशेषगरी सडक छेउमा राखिने फलामका बार,फलामे बिल्डिङमा प्रयोग हुने सामाग्रीहरु निर्माण गर्दै आएको छ । 

Advertisement

Advertisement