बुक बिल्डिङमार्फत रिलायन्स स्पिनिङ मिल्सको शेयर निष्कासन खुला

Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत बुधबार (आज) देखि शेयर निष्कासन खुला गर्दैछ । 

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपियाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपियाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्यसीमा ६०८ रुपियाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

Advertisement

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ता सहभागी गराई बिक्री मूल्यको सीमाभित्र रही बोलकबोलमार्फत शेयर बिक्री गर्न लागेको हो । माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले निष्कासित धितोपत्र पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई मागबमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।

शेयर निष्कासनका लागि कम्पनीले केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यो रेटिङले वित्तीय दायित्व बहन गर्ने क्षमता रहेको बुझाउँछ । 

रिलायन्स स्पिनिङ मिल्स नेपालको धागो उत्पादन गर्ने उद्योगमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ। 

Advertisement

Advertisement