काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।