छ दिनमा ८७ अंकले घट्यो नेप्से, चार अर्ब पनि पुग्न छाड्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । छ दिनदेखि बजार लगातार ओरालो झरेको हो । छ दिनमा नेप्से ८७.१ अंकले तल झरेको हो । 

यसैक्रममा आज बजार दोहोरो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.४८ प्रतिशतले बजार घट्दा नेप्से २०८८.०४ अंकमा ओर्लिएको हो । 

Advertisement

गत साताको सोमबार बजार उचालिंदा नेप्से २१७५.१७ अंकमा पुगेको थियो । 

आज ३११ कम्पनीका १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८.९८ रुपियाँ बराबरको कारोबार भएको हो । 

माघ २९ गते आइतबार एकै दिन ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८.६१ रुपियाँको कारोबार भएको थियो ।

समग्रमा बजार घटे पनि चन्द्रगिरि हिल्स र मिड सोलु हाइड्रोमा पोजेटिभ सर्किट लागेको छ । दुबै कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । 

त्यस्तै आज तेह्रथुम पावरका नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका हुन् । 
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको हो ।

साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७  अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ, सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ र हिजो मंगलबार ०.४० अंकले बजार घट्दा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत साताको बुधबार माघ ३ गते १२.१० अंक र माघ ४ गते बिहीबार बजार ७.२३ अंकले घटेको थियो । 

Advertisement

Advertisement