शेयर बजार घटेर २०८४.०९ अंकमा, तीन अर्ब ७६ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार सातौं दिन पनि घटेको छ । यसैक्रमममा साताको अन्तिम दिन आज बजार ३.९४ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.०९ अंकमा झरेको छ । 

आज ३०४ कम्पनीका १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५०.९८ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

समग्रमा बजार घटे पनि सामलिङ पावर, मिड सोलु हाइड्रो, इन्फिनिटी लघुवित्त, नेपाल हाइड्रो र मनकामना स्मार्ट लघुवित्तका दगानीकर्ताहरुले क्रमशः ९.९९, ८.७९, ८.१२, ७.०१ र ५.९१ प्रतिशतले नाफा कमाएका छन् ।
 
त्यस्तै सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५ सय २९.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७  अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ, सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ, मंगलबार ०.४० अंकले बजार घट्दा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ र हिजो बुधबार बजार १०.२५ अंकले घट्दा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८.९८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत साताको बुधबार माघ ३ गते १२।१० अंक र माघ ४ गते बिहीबार बजार ७।२३ अंकले घटेको थियो ।  
 

Advertisement

Advertisement