विमानस्थलको कुटपिट घटनाले उग्र रुप लिने संकेत, तीन दिनभित्र दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई अल्टिमेटम
विमानस्थलको कुटपिट घटनाले उग्र रुप लिने संकेत, तीन दिनभित्र दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई अल्टिमेटम
काठमाडौं । त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीहरुबीच भएको कुटपिट र विवादको घट्ना पेचिलो बन्दै गएको छ । विभिन्न दलनिकट कर्मचारी युनियनहरुले उक्त घट्नामा प्रहरीबाट गम्भीर बदमासी भएको औंल्याउँदै दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् ।
युनियनहरुले त्रिभुवन विमानस्थल घटनामा संलग्न दोषीहरुलाई तीन दिनभित्र कारवाहीको माग गर्दै नगरे सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् । साथै, उनीहरुले विरोधका कार्यक्रमहरु तत्कालै सुरु गर्ने निर्णय गर्दै ६ बुँदे माग पनि रोखका छन् ।
विमानस्थल घटनालाई लिएर आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको पाँच वटा निजमती कर्मचारी ट्र गर्न आज बिहान संयुक्त बैठकले आफै गल्ती गरेर जोगिन सीसीटीभीको भिडियो ‘क्रप’ गरी सार्वजनिक गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमाललाई बन्द कोठामा कुटपिट र दुर्व्यवहार गरेको बताएका छन् ।
अध्यागमन प्रमुख तथा अधिकृत कुटिएको भिडिओ प्रहरीले कर्मचारीको मात्रै बदनाम गर्ने किसिमले काटेर सार्वजनिक गर्ने कुराले प्रहरीको नियत सफल नरहेको प्रष्ट देखिन्छ भन्दै युनियनहरुले बन्द कोठामा प्रहरीको जत्था नै गएर कुटपिट तथा दुर्व्यवहार गरेको र उल्टै कर्मचारीको बेइज्जत गर्न सम्पादित भिडिओ र्सावजनिक गर्ने कुरा गम्भीर आपत्तिजनक विषय भएको बताए ।
निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले निजामती कर्मचारीको मनोबल गिराउने उद्देश्यले प्रहरीबाट विमानस्थलमा गरिएको सुनियोजित गतिविधिको निष्पक्ष छानविन र दोषीलाई कारवाहीको माग गरेका छन् ।
बन्द कोठामा, सीसीटीभी नभएको कोठामा गरिएको आक्रमणको आजको बैठकले निन्दा गरेको छ । उनीहरुले कुटपिट र सीसीटीभीको भिडियो तोडमोड गरी सार्वजनिक गर्ने कार्यमा संलग्न सबै प्रहरीहरुलाई निलम्बन गर्नुपर्ने माग गरेको छ ।
गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । शनिबार मात्र विभिन्न तीनवटा कर्मचारी संगठनका विमानस्थल एकाइले अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचको काम सशस्त्र प्रहरीमार्फत हुनुपर्ने माग राखी विज्ञप्ति जारी गरेका थिए।
आजको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीनिकट कर्मचारी युनियनका नेताहरु सहभागी थिए । विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमनका कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुनसक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको भन्दै अध्यागमनका कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् ।