काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ करोड ६२ लाख १४ हजार ८ सय ५.२६ रुपियाँ छ ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।