नेप्से उचालिंदैः तीन कम्पनीमा पोजेटिभ सर्किट, साढे ५ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । नेप्से उचालिंदै गएपछि कारोबार रकम पनि बिस्तारै बढ्दैछ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८८ अंकले बढेको हो । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११९.६१ अंकमा उक्लिएको छ ।

Advertisement

आज ३०८ कम्पनीका १ करोड ५१ लख ७८ हजार ३ सय ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेको दिन चन्द्रागिरि हिल्स, समाज लघुवित्त र रावा इनर्जीमा पोजेटिभ सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७५ करोड २७ लाख ८६ हजार ९ सय १८.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ र हिजो सोमबार बजार १०.२६ अंकले 
 बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 
 
 

Advertisement

Advertisement