टिभिएस अपाचेको दोस्रो ‘एओजी नाइट राइड’ सम्पन्न

Advertisement

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्साल शोरुमदेखि सिन्धुपाल्चोकको सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ । 

शुक्रबार र शनिबार गरिएको यो कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेको कम्पनीले जनाएको छ । कुल २५ जना राइडरहरुको सहभागिता रहेको ६८ किलोमिटर एकतर्फी यात्रामा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । 

Advertisement

माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न यस ओभरनाइट राइडमा एओजीका सदस्य डा. दीपककुमार दास पनि सहभागी थिए । कार्यक्रमको दोस्रो दिन कम्पनीका हेड मार्शलले खेलकुद गतिविधि सञ्चालन गरेका थिए जसमा रेमनदास श्रेष्ठ (होस्ट÷अभिनेता÷भिजे)ले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । 

शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ देखि नेपालमा टिभिएसको वितरक रहेको छ । टिभिएस ब्रान्डका मोटरसाइकल र स्कुटर पछिल्लो समयमा सबैभन्दा बढी लोकप्रिय रहेका छन् । जगदम्बाका १४० भन्दा बढी थ्रीएस डिलरहरू र दुई सयभन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ राजधानी काठमाडौंमा ६ विशेष शोरूम छन् । 

Advertisement

Advertisement