शेयर बजारमा करेक्शनः नेप्से पुनः २१ सय अंकबाट तल झर्यो, सवा ५ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । केही दिन देखि निरन्तर बढिरहेको शेयर बजार आज करेक्शन आएको छ । बजार तल झरेसँग नेप्से पुनः २१ सय अंकबाट तल झरेको छ । कारोबार रकम भने उत्साहजनकनै छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.६७ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०९७.९३ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३१३ कम्पनीका १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७.४८ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सामलिङ पावर र मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.८७ र ९.६७ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ र हिजो मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।  


   
 

Advertisement

Advertisement