एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष ढकालको सम्मानसहित  बिदाइ

Advertisement

काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानसहित विदाई कार्यक्रम आयोजना गरेको छ । 

ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो । 

Advertisement

कार्यक्रममा सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । 

त्यस्तै अध्यक्षसञ्जय अग्रवालले चेम्बरकोे मूल्यमान्यतालाई सुदृढ बनाउन श्री ढकालको निर्णायक भुमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै  निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे । 

निवर्तमान अध्यक्ष ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिए । 

एनआईसीसीआईले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने र नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरता दिने अपेक्षा गरेको छ । 

एनआईसीसी नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवर्द्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।

Advertisement

Advertisement