काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजय मान नकर्मी नियुक्त भएका छन् । कात्तिक २६ गते साँझ बसेको सञ्चालक समितिको २३५औं बैठकले नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।
उक्त वेहोरा संस्थाले नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत कम्पनी रजिष्ट्रारको कार्यालयलाई बोधार्थ जानकारी गराएको छ ।