नेप्से २१ सय अंक नाघेर पुनः तल झर्यो, समग्रमा यो साता १७.०८ अंकले घट्यो बजार

Advertisement

काठमाडौं । लगातार ७ दिन घटेको शेयर बजार यो साता लगातार ३ दिन उचालिए पनि पुनः २ दिन लगातार घटेर विश्राम लिएको छ ।

गत साताको अन्तिम दिन पुस ११ गते २०८४.०९ अंकमा झरेको बजार यो साताको अन्तिम दिन पुस १८ गते बिहीबार २०६७.०१ अंकमा ओर्लिएको छ । यो साता ३ दिन बढ्दा दुई दिन घटना पनि बजार गत साता भन्दा १७.०८ अंक तल झरेको हो । 

Advertisement

यो साता बजार तीन दिन निरन्तर बढ्दा पुस १६ गते मंगलबार नेप्से परिसूचक २११९.६१ अंकमा पुगेको थियो । साताको अन्तिम दिन आइपुग्दा घटेर २०६७.०१ अंकमा ओर्लिउको हो ।  

गत साता एकै दिन ३ अर्ब ७६ करोडदेखि ७ अर्ब ६७ करोडसम्मको कारोबार भएको थियो । यो साता ३ अर्ब ८३ करोडदेखि ५ अर्ब ५४ करोडसम्ममात्रै कारोबार भएको थियो । 

निरन्तर रुपमा ‘हिमालयन रि’ कै उच्च कारोबार भइरहेकोमा यो साता पनि उच्च कारोबार हुनेमा सोही कम्पनीले कब्जा जमायो । 

यस्तो रह्यो यो साता
साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ, मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ, बुधबार बजार २१.६७ अंकले घट्दा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७.४८ रुपियाँ र साताको अन्तिम दिन बिहीबार ३०.९२ अंकले बजार घट्दा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।  


 

Advertisement

Advertisement