कालंगा हाईड्रोले आईपीओ निष्काशन गर्ने, शेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल

Advertisement

काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । 

प्रतिशेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. ४९,००,००,०००/– बराबरको ४९,००,००० थान साधारण शेयर मध्ये ३४,९०,००,०००/– बराबरको ३४,९०,०००/– थान साधारण शेयरको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।

Advertisement

बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रोका सञ्चालक तिर्थराज चटौतले हस्ताक्षर गरेका छन् । 

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । 


 

Advertisement

Advertisement