काठमाडौं । नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ ।
उक्त प्रदर्शनीमा एचआर गोयल ग्रुपको विटुमिन स्टल नं. ०-०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, एमवाईके अर्मेन्टका उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।
विश्व स्तरीय गुणस्तर भएको भीजी १० तथा भीजी ३० क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एचआर गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रालिले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ती तथा बजारीकरण गर्दै आईरहेको छ ।
डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रालिले आयात र बिक्री वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन विक्रि वितरण गर्दै आईरहेको जनाएको छ ।
विटुमिनका साथै एचआर गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एमवाईके अर्मेन्टका विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रि वितरण गर्दै आईहेको छ । एमवाईके अर्मेन्टका उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकता अनुसार हाई ग्रेड कंक्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आईरहेको छ ।
डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।
साथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियम प्रालिले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउनुका साथै विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरुको लागि विज्ञ प्राविधिक मार्फत निःशुल्क रुपमा आफ्टर सेल्स सर्भिस सेवा समेत उपलव्ध गराउँदै आएको जनाएको छ ।