काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । गत आवको सोही अवधिमा १ करोड ३३ लाख रुपियाँ खुद नाफा गरेको संस्थाको नाफा समीक्षा अवधिमा ५२ लाख ५८ हजार रुपियाँ मात्रै छ ।
पुस मसान्तसम्म लघुवित्तले ११ करोड ७२ लाख रुपियाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १० करोड ५५ लाख रुपियाँ थियो ।
त्यसैगरी समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ८० लाख रुपियाँ, सञ्चालन नाफा ७५ लाख ११ हजार रुपियाँ छ भने वितरणयोग्य नाफा भने १ करोड ९३ लाख रुपियाँ ऋणात्मक छ ।
लघुवित्तको खराब कर्जा पनि बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा २.९३ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ३.५९ प्रतिशत पुगेको छ ।
त्यसैगरी, लघुवित्तको प्रतिशेयर आम्दानी ३.२९ रुपियाँ, प्रतिशेयर नेटवर्थ १२५.६२ रुपियाँ र मूल्य आम्दानी अनुपात १८५.७९ गुणा छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ८२ लाख रुपियाँ छ ।