एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ २४, बुधबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २५ अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्नका लागि सेयरधनी बन्ने आज अन्तिम दिन हो । 

Advertisement

एनएलजीले गत आर्थिक वर्ष २०७९/८० को नाफबाट ५.५० प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

लाभांश पारित गर्न कम्पनीको वार्षिक साधारणसभा फागुन ३ गते बस्दैछ । 

Advertisement

Advertisement