सिद्धार्थ हस्पिटालिटी ग्रुप २६औं वर्षमा, खाना तथा बसाइँमा ५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरेका करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ ।

Advertisement

२६ वर्षअगाडि टीकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको बताइएको छ ।

मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीलाई अवार्डसमेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुपअन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धिमूलक रहेको बताए । उनले भने, ‘यो गुणस्तरयुक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’

सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।

 

Advertisement

Advertisement