शेयर बजार ‘धिमा गति’मा उचालिंदैः पाँच कम्पनीमा पोजेटिभ सर्किट, ‘हिमालयन रि’कै उच्च कारोबार

Advertisement

काठमाडौं । शेयर बजार बिस्तारै बिस्तारै माथि चढिरहेको छ । आज लगातार तेस्रो दिन बजार उचालिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९२ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९०.६४ अंकमा उक्लिएको छ । 

Advertisement

आज ३१३ कम्पनीका ७७ लाख ३२ हजार २ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७.४७ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार उचालिएको दिन विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, इस्टर्न हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशत र एशियन हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो ।

त्यस्तै आज एनसीसी डिबेञ्चर २०८६ का लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ८२ लाख ६८ हजार ३८.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ५.३१ अंकले बजार घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ, सोमबार  १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ र हिजो मंगलबार ७.६३ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७।७६ रुपियाँ  बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement